बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बनेपाबाट सुरु ‘प्रोजेक्ट वान’को ‘फेरि उठ्नेछ नेपाल -४’

आइतबार, १६ वैशाख २०७५, १२ : ३८
आइतबार, १६ वैशाख २०७५

काठमाडौं –  देशकै चर्चित व्याण्डका सदस्यहरु आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले ‘फेरी उठ्नेछ नेपाल -४’ शिर्षकमा देशका मुख्य शहरहरुमा कन्सर्ट गर्ने भएको छ । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सको प्रस्तुतिमा सन् २०१६ मा जावलाखेलमा नेपथ्यसँग फेरी उठ्नेछ नेपाल र सन् २०१७मा यसको दोस्रो संस्करण नेपथ्यसँग नै पोखरामा गरेको थियो । 

त्यसपछी सन् २०१८ को सुरुवातमा बुटवलमा यसै शिर्षकमा फेरी उठ्नेछ नेपाल ३ विथ प्रोजेक्ट वान आयोजना गरेको यो ब्याण्डले फेरी उठ्नेछ नेपाल ४ अन्तर्गत देशका विशिन्न शहरमा कन्सर्ट गर्न लागेको हो । जसको सुरुवात शनिवार बनेपाबाट भएको छ । 

बनेपा बसपार्कमा आयोजित कन्सर्टमा सबैले आफ्नो हिट गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा रविनले मुक्तिको गीत गाउँदा स्याडोजले अनुप्रस्थको गीत गाए । साँझ ६ स् ३० देखि सुरु भएको कन्सर्ट झन्डै ८ स् ३० सम्म चलेको थियो । कन्सर्ट युवा दर्शकको भिडभाड देखियो । 

समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् । यसैले गर्दा पनि ब्याण्डको प्रस्तुति हेर्नका लागि बनेपाली दर्शकको राम्रो उपस्थिति रहेको थियो । 

व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले दर्शकको उल्लेख्य उपस्थितिले आफुहरुलाई थप उर्जा मिलेको बताए । 

व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप