राफाहमा इजरायलको सैन्य कारबाहीलाई चीनले भन्यो– गम्भीर चिन्ताको विषय
बेइजिङ । गाजाको रफाहमा इजरायलले गरेको सैन्य कारबाहीको चौतर्फी आलोचना भइरहेको छ । चीनले सो कारबाहीलाई ‘गम्भीर चिन्ताको विषय’ भनेको छ । रफाहमा आक्रमण रोक्न चीनले इजरायललाई अनुरोध गरेको थियो ।
रफाहमा विस्थापित प्यालेस्टिनीहरूको शिविरमा आइतबार इजरायलले हवाई आक्रमण गरेको थियो । यस आक्रमणमा ४५ जना प्यालेस्टाइनीको मृत्यु भएको थियो ।
‘रफाहमा इजरायलको सैन्य कारबाही गम्भीर चिन्ताको विषय हो ।’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले समाचार छापेको छ । आक्रमणले आश्रय खोजिरहेका निर्दोष मानिसहरूको ज्यान लिएको भन्दै संयुक्त राष्ट्र संघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसले आक्रमणको निन्दा गरेका थिए । आक्रमणलाई पीडादायी बताएपनि इजरायललाई आफ्नो सुरक्षा गर्ने अधिकार रहेको अमेरिकाको भनाइ छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि रफाहमा आइतबार भएको आक्रमणलाई दुःखद दुर्घटनाको संज्ञा दिएका थिए । अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण