अर्थमन्त्री पुनले बढाए स्पञ्ज आइरनको भन्सार महसुल, १८ उद्योगको लगानी जोखिममा
मङ्गलबार, १५ जेठ २०८१, २२ : ३१
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले जनार्दन शर्माले लिएको कर नीति उल्ट्याएका छन् । अर्थमन्त्री पुनले स्टिल उद्योगको कच्चा पदार्थकारुपमा प्रयोग स्पञ्ज आइरनको भन्सार महसुल बढाएका हुन् ।
यसअघि तत्कालीन अर्थमन्त्री शर्माले २०७८ सालमा स्टिल उद्योगको कच्चा पदार्थकारुपमा प्रयोग हुँदै आएको स्पञ्ज आइरनको भन्सार दर १ प्रतिशतमा झारेका थिए । सो समयमा यो नीतिको व्यापक विरोध भएको थियो ।
आफ्नै पार्टीका अर्थमन्त्रीले लिएको नीति उल्ट्याउँदै पुनले १ प्रतिशतबाट बढाएर स्पञ्ज आइरनको भन्सार महसुल २.५ प्रतिशत पुर्याएका हुन् । शर्माले नीति खुकुलो बनाएपछि स्पञ्जबाट विलेट बनाउने उद्योगको सङ्ख्या १८ पुगेको थियो ।
यी सबैखाले उद्योगमा गरी ३६ अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । स्पञ्जबाट विलेट नबनाउने स्टिल उद्योगको सङ्ख्या भने २ वटा मात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण