राफाहमा मृत्युका पछिल्ला घटनाले इजरायल नीति फेरिन्नः अमेरिका
वासिङ्टन । हालै इजरायलले गाजाको राफाह शहरमा गरेको हवाई आक्रमण र मृत्युका घटनाहरूको विश्वभर भत्र्सना भइरहेको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले पनि यसलाई दुःखद घटना बताएका थिए । तर यति हुँदा पनि अमेरिकाले इजरायलको साथ नछाड्ने भएको छ ।
शरणार्थी शिविरलाई निशाना बनाएर भएको हवाई हमलामा रफाहमा ४५ जनाको ज्यान गएको घटनामाथि भइरहेको छानबिन नजिकबाट नियालिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले बताएको छ । तर राफाहमा हालै भएका मृत्युका घटनाहरूले आफ्नो इजरायल नीति नफेरिने बताएको छ । सो घटनालाई इजरायलले पनि दुःखद घटना बताएको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।
सो घटनाले इजरायललाई दिँदै आएको सैन्य सहायता थप घटाउन अमेरिकालाई प्रेरित नगर्ने बताइएको छ । बाइडेनले केही अघि इजरायलको आक्रमणका कारण राफाहमा थप मानवीय क्षति वा मानवीय खतरा उत्पन्न भयो भने इजरायलले हतियार सहयता फिर्ता ल्याउने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण