३ जना डीआईजीहरुको सरुवा, ४ जनाको पदस्थापन
काठमाडौँ । नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा र ४ जनाको पदस्थापन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ । कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्यलाई अवधि नपुग्दै हटाइएको छ । आचार्यलाई भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । उनी विशेष ब्यूरोमा कार्यरत थिए ।
नवनियुक्त चारजना डीआईजीलाई पदस्थापन गरिएको छ । डा. मनोज केसीलाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ । डीआईजी दान बहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरी शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण