३ जना डीआईजीहरुको सरुवा, ४ जनाको पदस्थापन

काठमाडौँ । नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा र ४ जनाको पदस्थापन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ । कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्यलाई अवधि नपुग्दै हटाइएको छ । आचार्यलाई भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । उनी विशेष ब्यूरोमा कार्यरत थिए ।
नवनियुक्त चारजना डीआईजीलाई पदस्थापन गरिएको छ । डा. मनोज केसीलाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ । डीआईजी दान बहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरी शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला