४ हजार ४२३ मिटरमा निर्माण हुने आमादब्लम जलविद्युत आयोजनामा सिद्धार्थ बैंकको वित्तीय व्यवस्थापन
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बु जिल्लाको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार नेपाल सरकार/वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगको रूपमा प्राप्त हुने च्यालेन्ट फन्ड प्रवाह गर्नको लागि साझेदार बैंकको रूपमा भूमिका निर्वाह गर्ने जनाइएको छ ।
चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको आयोजना ४ हजार ४२३ मि.कोउचाइमा रहेको छ । जुन संसारकै अग्ला स्थानहरुमा रहेका जलविद्युत आयोजनाहरुमध्ये एक हुने बताइएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको क्षेत्रमा राष्ट्रिय प्रसारणको विद्युत् उपलब्ध नभएका कारण विद्युत् अभाव रही आएकोमा यस आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उक्त समस्याको न्यूनीकरण
मात्र नभई वातावरणमा सकारात्मक प्रभाव, पर्यटकलाई भरपर्दो ऊर्जाको विकल्प तथा खुम्बु पासाङल्हामु गाउँपालिका भित्रका ४५१ घरधुरी प्रत्यक्ष्य रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण