बनेपामा बास्केटबल प्रतियोगिता हुने
बनेपा । काभ्रेको बनेपामा बास्केटबल प्रतियोगिता हुने भएको छ । काभ्रे बास्केटबल सङ्घको आयोजनामा जेठ २६ गते बास्केटबल प्रतियोगिता हुने भएको हो । देशभरका २० भन्दा बढी टिमको सहभागिता ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको प्राङ्गणमा प्रतियोगितामा हुने कार्यक्रम संयोजक शिव थापामगरले जानकारी दिए ।
खेलकुदको माध्यमबाट युवाहरूलाई अनुशासित बनाउनुका साथै स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न र समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनका अनुसार एकदिवसीय खेलमा विजेता टिमलाई नगद २५ हजार र दोस्रो हुने टिमलाई १५ हजार नगदका साथै विभिन्न पुरस्कार प्रदान गरिनेछ ।
काभ्रे बास्केटबल संघले विगतमा पनि यस्ता प्रतियोगिता गर्दै आएको छ । यस्ता प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने योग्य बनाउने अपेक्षा आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण