बनेपामा बास्केटबल प्रतियोगिता हुने

बनेपा । काभ्रेको बनेपामा बास्केटबल प्रतियोगिता हुने भएको छ । काभ्रे बास्केटबल सङ्घको आयोजनामा जेठ २६ गते बास्केटबल प्रतियोगिता हुने भएको हो । देशभरका २० भन्दा बढी टिमको सहभागिता ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको प्राङ्गणमा प्रतियोगितामा हुने कार्यक्रम संयोजक शिव थापामगरले जानकारी दिए ।
खेलकुदको माध्यमबाट युवाहरूलाई अनुशासित बनाउनुका साथै स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न र समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनका अनुसार एकदिवसीय खेलमा विजेता टिमलाई नगद २५ हजार र दोस्रो हुने टिमलाई १५ हजार नगदका साथै विभिन्न पुरस्कार प्रदान गरिनेछ ।
काभ्रे बास्केटबल संघले विगतमा पनि यस्ता प्रतियोगिता गर्दै आएको छ । यस्ता प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने योग्य बनाउने अपेक्षा आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना