अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका स्कुलमा ६ दिन बिदा
सुर्खेत । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालयहरूमा बिदा दिइएको छ । २० गते आइतबारदेखि २५ गतेसम्म गर्मी बिदा दिइएको हो ।
अत्यधिक गर्मी बढेपछि बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिएको र शिक्षण सिकाइको वातावरण प्रतिकूल भएको भन्दै बिदा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपसचिव धीरेन्द्रप्रसाद शर्माले अहिले दिइएको गर्मी बिदा वर्षे बिदाबाट कट्टी हुने गरी पठनपाठन बन्द गर्न आग्रह गरिएको बताए ।
साथै सामुदायिक विद्यालयहरूमा सञ्चालन हुने योग तथा ध्यान कक्षा, सङ्गीतसँग सम्बन्धित आधारभूत सीप विकास कक्षा र मनोसामाजिक परामर्श कक्षालाई विद्यालय, विद्यार्थी र मौसम अनुकूलको समय मिलाएर सम्बन्धित संस्थाहरूसँग समन्वय गरी सञ्चालन गर्न पाइने छ ।
चिकित्सकहरूले यस्तो प्रचण्ड गर्मीमा विद्यालय बन्द गर्नुपर्ने सुझाव दिइरहेका छन् । बालरोग विशेषज्ञ डा.नवराज केसी भन्छन्, ‘अझै विद्यालय–क्याम्पस बन्द नगर्नेहरू, यो मौसमभन्दा पनि कठोर हुन्, बाँच र बाँच्न देऊ, प्लिज !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण