कपाल झरेर दिक्क हुनु हुन्छ ? खानुस् यी खानेकुरा

काठमाडौँ । कपाल झर्ने समस्या नौलो होइन । यो अहिले हामीमध्ये अधिकांश व्यक्तिको समस्या हो ।
अलिअलि कपाल झर्नु चिन्ताजनक होइन । तर हामीमध्ये केहीमा कपाल झनै समस्या यति व्यापक छ कि तालु खुइले भइने स्थिति उत्पन्न भएका छ । कपाल झरेर चिन्तित हुनु भन्दा यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा सोच्नुपर्छ ।
कहिलेकाहीँ पोषणको अभावका कारण कपाल झर्न थाल्छ । यस्तोमा कपाल झर्न नदिन कपालको पोषणका लागि आवश्यक खानेकुरा खानु पर्छ । कपालका लागि बायोटिन (बी सेभेन भिटामिन) निकै जरुरी छ । यो भिटामिनले कपाललाई भित्रैदेखि बलियो बनाइराख्छ र झर्नबाट बचाउँछ ।
अन्डामा भरपुर मात्रामा बायोटिन पाइन्छ । यसले कपाललाई पोषण त दिन्छ नै झर्नबाट पनि रोक्छ । कपाललाई चम्किलो पनि बनाउँछ । मेथीको दाना, चिया सिड, आलस, खबरूजा र सूर्यमुखीको बियाँ पनि बायोटिनको राम्रो स्रोत हो । यसमा पाइने प्रोटिन र भिटामिनले कपाललाई बलियो पनि बनाउँछ ।
यी बियाँहरु मात्रै होइन ड्राई फ्रुटले पनि कपाललाई भित्रैदेखि पोषण दिन्छ । यसमा क्याल्सिय, म्याग्नेशियम, फाइबर र राइबोफ्लेबिन पर्याप्त मात्रामा पाइन्छ । यी सबै कपालका लागि सुपर फुड हुन्छ । यसको सेवनले कपाल झर्न दिँदैन वा कम गर्छ ।
एभोकाडोमा पनि भरपुर मात्रामा बायोटिन पाइन्छ । यसमा हेल्दी फ्याट र ओमेगा ३ हुन्छ । जुन कपालका लागि निकै जरुरी हुन्छन् । सखरखन्डा पनि कपालको स्वास्थ्यका लागि उपयोगी खानेकुरा हो । यसमा बायोटिन र बिटा क्यारोटिन हुन्छ । यी दुवै भिटामिन 'ए'मा परिणत हुन्छन् । भिटामिन ए कपालको विकासका लागि जरुरी तत्त्व हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै
-
भारत र पाकिस्तानलाई युद्ध रोक्न नागरिक समाजको अपिल
-
पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष