नेपालको सामुदायिक वन अवधारणाले प्रतिष्ठा कमाएको छ : मन्त्री सुडी
काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले २९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वन जङ्गल संरक्षणमा महासङ्घको योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।
वनमन्त्री सुडीले आफू मन्त्रालयमा आइसकेपछि शिथिल अवस्थामा रहेको वन क्षेत्रलाई चलायमान बनाउन, उत्पादन बढाउन र बिक्री वितरणमा सहज बनाउन विभिन्न नीतिगत काम गरेको जानकारी दिए ।
कार्यक्रममा महासङ्घका अध्यक्ष ठाकुर भण्डारी महासङ्घले वन जङ्गल संरक्षण क्षेत्रमा गरेको योगदानबारे चर्चा गर्दै सामुदायिक वनमा देखिएका नीतिगत चुनौती समाधानमा सरकारले सहयोग गर्नुपर्ने माग गरे ।
हाल देशभर २२ हजार सात सय ६० सामुदायिक वन हस्तान्तरण भएको बताउँदै उनले ३१ लाख ६८ हजार चार सय ४९ घरधुरीले २३ लाख १८ हजार आठ सय ११ हेक्टर वनको व्यवस्थापन गर्दै आएका जानकारी दिए ।
सामुदायिक वन उपभोक्ता समूहको अधिकार रक्षार्थ २०५२ साल जेठ १८ गते महासङ्घको स्थापना भएको हो । हाल महासङ्घअन्तर्गत पाँच सय ५६ स्थानीय महासङ्घ, ७७ जिल्ला महासङ्घ र सात वटै प्रदेश महासङ्घ क्रियाशील छन् । ‘महासङ्घले सामुदायिक अधिकार : समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’ भन्ने नाराका साथ २९औँ स्थापना दिवस मनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण