नेपालको सामुदायिक वन अवधारणाले प्रतिष्ठा कमाएको छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले २९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वन जङ्गल संरक्षणमा महासङ्घको योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।
वनमन्त्री सुडीले आफू मन्त्रालयमा आइसकेपछि शिथिल अवस्थामा रहेको वन क्षेत्रलाई चलायमान बनाउन, उत्पादन बढाउन र बिक्री वितरणमा सहज बनाउन विभिन्न नीतिगत काम गरेको जानकारी दिए ।
कार्यक्रममा महासङ्घका अध्यक्ष ठाकुर भण्डारी महासङ्घले वन जङ्गल संरक्षण क्षेत्रमा गरेको योगदानबारे चर्चा गर्दै सामुदायिक वनमा देखिएका नीतिगत चुनौती समाधानमा सरकारले सहयोग गर्नुपर्ने माग गरे ।
हाल देशभर २२ हजार सात सय ६० सामुदायिक वन हस्तान्तरण भएको बताउँदै उनले ३१ लाख ६८ हजार चार सय ४९ घरधुरीले २३ लाख १८ हजार आठ सय ११ हेक्टर वनको व्यवस्थापन गर्दै आएका जानकारी दिए ।
सामुदायिक वन उपभोक्ता समूहको अधिकार रक्षार्थ २०५२ साल जेठ १८ गते महासङ्घको स्थापना भएको हो । हाल महासङ्घअन्तर्गत पाँच सय ५६ स्थानीय महासङ्घ, ७७ जिल्ला महासङ्घ र सात वटै प्रदेश महासङ्घ क्रियाशील छन् । ‘महासङ्घले सामुदायिक अधिकार : समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’ भन्ने नाराका साथ २९औँ स्थापना दिवस मनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
-
सहसचिव भट्टराई तीन दिन अख्तियारमा उपस्थित, मन्त्रालयमा गर्छन् हाजिर
-
भारतको केन्द्रीय बैँकद्वारा अपेक्षाभन्दा बढी ब्याजदर कटौती
-
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
-
तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन
-
रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुख निखिल पक्राउ