झापाको भद्रपुरमा युवतीमाथि दाउ प्रहार
शुक्रबार, १८ जेठ २०८१, १७ : ४७
विराटनगर । झापाको भद्रपुर नगरपालिकामा एक युवतीमाथि दाउ प्रहार भएको छ । शुक्रबार बिहान १०ः४५ बजे भद्रपुर ९ हात्तीचोककी १७ वर्षीय युवतीलाई सोही ठाउँका १८ वर्षीय अभिषेक कर्णले दाउ प्रहार गरेका हुन् ।
कर्णले युवतीको टाउको र हातमा दाउ प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते भएकी युवतीको भद्रपुरकै ओम साई अस्पतालमा उपचार भइरहेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
दाउ प्रहार गर्ने कर्णलाई पक्राउ गरिएको चन्दले बताए । ‘घटना लगत्तै हामीले ती युवालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘के कारण युवतीमाथि आक्रमण भएको हो भन्ने कुरा खुलेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण