झापाको भद्रपुरमा युवतीमाथि दाउ प्रहार
शुक्रबार, १८ जेठ २०८१, १७ : ४७

विराटनगर । झापाको भद्रपुर नगरपालिकामा एक युवतीमाथि दाउ प्रहार भएको छ । शुक्रबार बिहान १०ः४५ बजे भद्रपुर ९ हात्तीचोककी १७ वर्षीय युवतीलाई सोही ठाउँका १८ वर्षीय अभिषेक कर्णले दाउ प्रहार गरेका हुन् ।
कर्णले युवतीको टाउको र हातमा दाउ प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते भएकी युवतीको भद्रपुरकै ओम साई अस्पतालमा उपचार भइरहेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
दाउ प्रहार गर्ने कर्णलाई पक्राउ गरिएको चन्दले बताए । ‘घटना लगत्तै हामीले ती युवालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘के कारण युवतीमाथि आक्रमण भएको हो भन्ने कुरा खुलेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची