१ करोड ८५ लाख मूल्य बराबरको भन्सार छलीका औषधि बरामद
शुक्रबार, १८ जेठ २०८१, १८ : १८
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिणाममा भन्सार छलीका औषधी बरामद गरेको छ । करिब २ करोड मूल्य बराबरको भन्सार छलीका औषधी बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले चलाइएको जाँचबाट उक्त औषधीसहित ट्रक बरामद भएको पर्सा प्रहरी बताउँछ । प्रहरीले भन्सार छलीका १ करोड ८५ लाख मूल्य बराबरको औषधी बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।
उनका अनुसार जिल्लाको परवानीपुरमा रहेको प्रहरीको चौकीले चलाएको छड्के जाँचका क्रममा बिलबिजक भन्दा बढीको औषधी बरामद भएको हो ।
बीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश–०२–०३–००१ ख ६५५७ नम्बरको ट्रकबाट बिलबिजक भन्दा बढीको औषधी बरामद भएको प्रहरी बताउँछ ।
औषधीसहित बरामद ट्रकलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण