कानुन निर्माणका लागि सुझाव बैंक स्थापना गर्ने तयारी छ : मन्त्री गिरी
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानुन निर्माणका लागि आम रुपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा कानुन अध्ययनरत विद्यार्थीहरूसँग छलफल गर्दै उनले कानुन निर्माणका लागि सुझाव माग्न सुझाव बैंक स्थापना गर्ने तयारी गरिएको बताएका हुन् ।
मन्त्री गिरीले सुझाव बैंकमार्फत आम नागरिकले जुन कुनै कानुनलाई संशोधन गर्नका लागि सुझाव दिन सकिने बताए । उनले आएको सुझाव अनुसार सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, सम्बन्धित विषय विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरिने र सुझावलाई कानुन निर्माणको प्रक्रियामा समावेश गरिने बताए ।
मन्त्री गिरीले संसदभित्रका निश्चित सांसदहरूले मात्रै कानुन बनाउन जानेको छ भन्ने कुराबाट बाहिर निस्किनुपर्ने बताए । उनले सांसदको वृत्तभन्दा बाहिर पनि विषयविज्ञ र अनुभवी मानिसहरू भएका भन्दै कानुन निर्माणमा उनीहरूको सुझावलाई पनि ग्रहण गर्नुपर्ने बताए ।
मन्त्री गिरीले आफू कानुन अध्ययनरत विद्यार्थीहरूसँग देशको कानुन लगायतको विषयमा निरन्तर छलफल गर्ने र सल्लाह, सुझावहरूलाई ग्रहण गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण