सुनकोसी नदी किनारबाट २५ टन प्लास्टिकजन्य फोहोर सङ्कलन
काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित खुर्कोट–१७ मा कोशी नदीको किनारबाट करिब २५ टन प्लास्टिकजन्य फोहाेरमैला सङ्कलन गरिएको छ । क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकाको सहकार्यमा सो फोहर सङ्कलन गरेको हो ।
क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले करिब २५ टन बराबरको प्लास्टिकजन्य फोहोरमैला सङ्कलन गरी सुनकोसी नदीलाई फोहर हुनबाट रोकेको बताए । विगत लामो समयदेखि फोहोर डम्पिङ साइटको रूपमा परिणत भएको सो ठाउँबाट सो परिणामको प्लास्टिकजन्य फोहरमैला सङ्कलन गरी सफा बनाइएको उनले बताए ।
क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाइ अभियान परियोजनाले परिचालन गरेको युवा स्वयंसेवक (यूथ कोहर्ट), सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा सरसफाइ गरिएको हो ।
सरसफाइ अभियानमा प्रमुख अतिथि गोलान्जोर गाउँपालिका अध्यक्ष शङ्कर बरालले पालिकाले गर्नुपर्ने काम क्रिएशनले गरेको भन्दै खुसी व्यक्त गरे । बढ्दो सहरीकरणले गोलन्जोर गाउँपालिकालाई फोहोर मैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको बताउँदै उनले क्रिएसन नेपालले सञ्चालन गरेको सरसफाइ अभियान र फोहोरमैला व्यवस्थापन गर्ने कामप्रति पूर्ण प्रतिबद्धता रहेको बताए ।
क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार परियोजनाको एक भागका रूपमा गोलन्जोरमा नदी सरसफाईको काम सुरुवात गरिएको र कम्तीमा १२ वटा नदी सरसफाइ अभियान एकसाथ सँगै सञ्चालन गरिँदैछ ।
परियोजना सञ्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिसकेको जानकारी गराउँदै प्रमुख नदीहरूका प्लास्टिकजन्य फोहोर चुहावट हुने स्थानमा नदी सरसफाइ अभियान सञ्चालन गरिने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण