ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात : डा. सुरेन्द्र केसी
काठमाडौँ। प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले ज्ञानेन्द्रमाथि ठुलो आशङ्का गरेको बताए । ज्ञानेन्द्रमाथि जनताले आशङ्का गरे पनि घटनाबाट बचेका गोरख शमशेरले पनि यसमा दीपेन्द्रकै हात रहेको बताएको उनले सुनाए ।
शनिबार आयोजित अन्तरक्रियामा उनले सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरूले उक्त घटना युवराज दीपेन्द्रले नै गराएको दाबी गरिरहेको बताए । आफूलाई भने सबै घटना दीपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए ।
उनले वीरेन्द्रलाई हान्नेसम्म चाहिँ दीपेन्द्रले गरेको र त्यसपछि अरू कोही संलग्न भएको आशङ्का व्यक्त गरे । दरबारनिकटका कलाकार नीर शाहले पनि उक्त घटना दीपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरू दिएको केसीले स्मरण गराए । दीपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. कसीको दाबी छ । दीपेन्द्रले गोली चलाएर वीरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरूले टेकओभर गरेको उनको उनको अनुमान छ ।
संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए । वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पाले–हुर्काएकाहरूबाट नै राजासंस्थामा खतरा आएको बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको नाम लिए ।
अहिले राजतन्त्रको पक्षमा माहौल बन्दै गएको डा. केसीको भनाइ छ । उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेकोसमेत दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण