इमानदार आदिवासी र चतुर खस मिले मात्र देश बन्छ : सुदन किराती
काठमाडौँ । आदिवासीहरूको इमानदारिता र खसहरूको चातुर्य मिले मात्र देश बन्ने नेकपा माओवादी केन्द्रका नेता नेता सुदन किरातीले बताएका छन् । पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका किरातीले बूढानीलकण्ठमा आयोजित साकेलामा यस्तो बताएका हुन् ।
किरातीले भने, ‘अहिलेसम्म इमानदारहरू बढी सोझा भए चतुरहरू इमानदार बन्न सकेनन् । यो दुई प्रवृत्तिलाई मिलाएर मात्र देशले फड्को मार्छ । यो कुरा पहिले पनि नरहरि आचार्यले समेत बताइसक्नु भएको हो ।’
‘आदिवासीहरू अहिलेसम्म विश्वमा इमानदार र बहादुरीले कहलिएका छन् । खसहरू चतुर छन् यो दुईलाई मिलाएर अव देशको अवस्था बदल्नुपर्छ । संविधानको मर्मअनुसारको ऐन र कानुनहरू निर्माणमा भएको ढिलासुस्तीका कारण भने जस्तो हामीले गति लिन सकेका छैनौ,’ उनले थपे । देश र जनतालाई प्राथमिकतामा राखेर दृढतापूर्वक अगाडी बढ्ने हो भने वर्तमान निराशालाई चिर्न सकिने समेत किरातीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण