‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति परिवर्तन
काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म एक साता अगाडि सरेको हो । फिल्म अब ३ असोजमा प्रदर्शन हुनेछ ।
फिल्मलाई संविधान दिवसको अवसर पारेर एकसात अगाडि रिलिज गर्न लागेको निर्माता कलाकार नीता ढुंगानाले बताइन् । ‘वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज मिति हेरफेर भएको हो’, उनले भनिन् ।
अहिले धमाधम डबिङमा रहेको फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा नीतासँगै, हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको अभिनय रहेको छ ।
सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा छायाङ्कन गरिएको छ । अभिनेता हरिहर अधिकारीको कथा रहेको फिल्म बलिउडका स्थापित छायांकार कविरलालको छायाङ्कन छ ।
फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने कोरियोग्राफी रहेको फिल्म निता फिल्मस्को ब्यानरमा तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण