‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति परिवर्तन

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म एक साता अगाडि सरेको हो । फिल्म अब ३ असोजमा प्रदर्शन हुनेछ ।
फिल्मलाई संविधान दिवसको अवसर पारेर एकसात अगाडि रिलिज गर्न लागेको निर्माता कलाकार नीता ढुंगानाले बताइन् । ‘वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज मिति हेरफेर भएको हो’, उनले भनिन् ।
अहिले धमाधम डबिङमा रहेको फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा नीतासँगै, हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको अभिनय रहेको छ ।
सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा छायाङ्कन गरिएको छ । अभिनेता हरिहर अधिकारीको कथा रहेको फिल्म बलिउडका स्थापित छायांकार कविरलालको छायाङ्कन छ ।
फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने कोरियोग्राफी रहेको फिल्म निता फिल्मस्को ब्यानरमा तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे
-
भारत भ्रमण उपलब्धिपूर्ण रह्यो : मुख्यमन्त्री शाह