छोरा झुन्डिएको देखेपछि आमाले पनि लगाइन् पासो...
विराटनगर । इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको फेला परेका हुन् ।
इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुन्डिएको फेला परेको जानकारी दिए । घरमा आमा छोरा मात्रै बस्ने गर्दथे । ‘बुबा चाहिँ ज्याला मजदुरी गर्न एक महिना अगाडि नै बाहिर गएका रहेछन् । मादक पदार्थ सेवन गरेर बिहानै आमा छोराको झगडा भएको रहेछ,’ ढकालले भने ।
प्रहरीका अनुसार आमा–छोरा नै मापसे गर्ने गर्दथे । शनिबार पनि आमा छोराबिच विवाद सामान्य भएको थियो । विवाद पछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् । आमा निस्केको मौका पारेर छोरा झुन्डिएका थिए ।
‘आमा आइपुग्दा छोरा झुन्डिएको अवस्थामा रहेछ । छोरा झुन्डिएको देखेपछि आमाले पनि झुन्डिएको पाइयो । पछि गाउँलेहरू आउँदा दुवै जना झुन्डिएको देखियो,’ ढकालले भने ।
प्रहरी प्रमुख ढकालले जीवनका बुबालाई भेटेर सोधपुछ गर्ने काम भइरहेको जानकारी दिए । ‘घटनालाई हामी विभिन्न कोणबाट हेर्दैछौं । प्रारम्भिक कोणबाट हे्दा उनीहरूबिच बेलाबेलामा झगडा गर्दथे भन्ने कुरा थियो । तर, आत्महत्या नै गर्नुपर्ने कुनै ठुलो इस्यु चाहिँ थिएन,’ ढकालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण