१३७ पालिकाको बेरुजु पुग्यो २६ अर्ब ६३ करोड, एक वर्षमै थपियो ५ अर्ब
विराटनगर । कोशी प्रदेशका १३७ वटै पालिकाको बेरुजु २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशहरूको छैटौँ प्रतिवेदनमा यस्तो विवरण सार्वजनिक भएको हो ।
प्राप्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा एकमात्रै महानगरपालिका रहेको विराटनगरको बेरुजू आर्थिक वर्ष २०७९–८० मा ७ करोड १२ लाख रुपैयाँ रहेको छ । यस्तै इटहरी र धरान उपमहानगरपालिकाको बेरुजू २५ करोड ७ लाख पुगेको छ । सबैभन्दा बढी बेरुजू प्रतिशत दुई वटा उपमहानगर पालिका धरान र इटहरीमा देखिएको हो ।
यस्तै ४५ वटा नगरपालिकाको बेरुजू २ अर्ब १६ करोड ३१ लाख र ८८ वटा गाउँपालिकाको बेरुजू २ अर्ब ५९ करोड ४८ लाख देखिएको छ । जुन बेरुजूमध्ये असुल गर्नुपर्ने रकम ६२ करोड ३१ हजार, नियमित गर्नुपर्ने ४ अर्ब २० करोड ८ लाख ३५ हजार र पेस्की २५ करोड ८९ लाख ७२ हजार रहेको छ ।
महालेखा परीक्षणका क्रममा विराटनगर महानगरपालिकाको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकमको लेखा परीक्षण भएको थियो भने २ वटा उपमहानगरपालिकाको ८ अर्ब ८९ करोड ४४ लाख ७० हजार, ४५ नगरपालिकाको ८६ अर्ब ६० करोड ९२ लाख २६ हजार र ८८ वटा पालिकाको ९७ अर्ब ६८ करोड ४५ लाख ६३ हजार रुपैयाँको लेखा परीक्षण गरिएको जनाइएको छ ।
योसँगै १३६ वटै पालिकाको स्थानीय तहको गत वर्षसम्मको कूल बेरुजू रकम २३ अर्ब ७९ करोड ६२ लाख ४८ हजार रहेकोमा समायोजन तथा सम्परीक्षणबाट २ अर्ब २३ करोड ८७ लाख ८९ हजार फर्स्योट भई २१ अर्ब ५५ करोड ७४ लाख ५९ हजार बाँकी थियो । आर्थिक वर्ष २०७९–८० को बेरुजू ५ अर्ब ७ करोड ९८ लाख ३८ हजार समेत गरी पुनः कूल बेरुजू रकम २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको महालेखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण