अभिनेत्री रविना टन्डनद्वारा वृद्धा महिलामाथि हातपात गरेको आरोप
नयाँ दिल्ली । बलिउड अभिनेत्री रविना टन्डनले एक वृद्धा महिलालाई पिटेको आरोप लागेको छ । रक्सीको नसामा अभिनेत्री र उनको ड्राइभरले महिलालाई पिटेको बताइएको छ । यो घटना शनिवार रातिको हो ।
मुम्बईको बान्द्रामा रिजवी ल कलेज नजिक रविनाको गाडीका कारण वृद्धालाई चोट लागेको बताइएको छ । यस घटनापछि रविनाको ड्राइभर गाडीबाट निक्लिएर वृद्धा र उनको साथमा रहेका परिवारका अन्य सदस्यहरूसँग बहस गर्न थाले ।
यसक्रममा हात हालाहालको स्थिति भयो । त्यसपछि अभिनेत्री पनि गाडीबाट ओर्लिइन् । उनी त्यतिबेला रक्सीले मातेको पीडितको परिवारको भनाई छ ।
गाडीबाट ओर्लिने बित्तिकै रविनाले पीडितको परिवारमाथि हात हालेको बताइएको छ । अभिनेत्रीको एउटा भिडियो बाहिरिएको छ ।
भिडियोमा रविनालाई पीडितको परिवार र स्थानीयहरूले घेरेका छन् । मानिसहरू प्रहरीलाई बोलाइदिने कुरा गरिरहेका छन् । यसैबिच अभिनेत्रीले भीडलाई भिडियो नखिच्न अनुरोध गरिरहेको देखिन्छिन् ।
यस घटनामा चोट लागेको महिलाको उमेर ७० वर्ष भएको बताइएको छ । पीडितले प्रहरी थानामा उजुरी दिन खोजेको भए पनि प्रहरीले कारबाही गर्न खासै चासो नदेखाएको बताइएको छ ।
यस घटनाबारे अहिलेसम्म रविनाले आधिकारिक विज्ञप्ति जारी गरेकी छैनन् । प्रहरीले यस मामिलाबारे छानबिन सुरु गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण