कोशी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी हुने
विराटनगर । कोशी प्रदेशसभाको बैठक बहिष्कार गर्दै आएको नेपाली कांग्रेस सोमबारको बैठकमा भने सहभागी हुने संकेत गरेको छ ।
कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सोमबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गर्ने कार्यक्रम छ । सो बैठकमा पनि कांग्रेस सहभागी नहुने भन्ने विषयमा अन्यौल रहिरहेका बेला केही नेताहरूले भने काँग्रेस प्रदेशसभा बैठकमा सहभागी हुने बताएका छन् ।
मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएपछि सुरु भएका कुनै पनि प्रदेशसभा बैठकमा कांग्रेस अनुपस्थित भएको थियो । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेसकै सांसदहरू अनुपस्थिति भएपनि मुख्यमन्त्री कार्कीले गत वैशाख ३१ गते विश्वासको मत लिएका थिए । त्यस्तै जेठ १३ र १४ गते बसेको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको ‘विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता’ सम्बन्धी छलफलमा पनि कांग्रेस अनुपस्थित थियो ।
सोमबारदेखिका प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरू सहभागी हुने कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए । ‘प्रदेशसभा बैठकमा सहभागी हुने अनुमति शीर्ष नेताहरूबाट आइसकेको छ । यस विषयमा दलको बैठक सोमबार ११ बजेका लागि बोलाइएको छ । त्यही बैठकले औपचारिक निर्णय गरेर हामी प्रदेशसभामा सहभागी हुन्छौँ,’ तामाङले भने ।
कांग्रेसले नयाँ सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र उक्त मुद्दा विचाराधीन रहेको भन्दै बैठक बहिष्कार गर्दै आएको थियो । उक्त मुद्दाको सुनुवाइको लागि आगामी जेठ २३ गतेका लागि पेशी तोकिएको छ ।
यसअघि संसदीय दलको बैठकमा बहुमत सांसदले प्रदेशसभा बैठकमा सहभागी हुनुपर्छ भन्ने मत राखेको बताइन्छ । यद्यपि पार्टी सभापति सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई नै संसदीय दलको बैठकमा सहभागी हुन पठाएर प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण