बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
फोटोफिचर

न्युरोडमा सडक विभागले कालोपत्रे गर्न थालेपछि बालेनले पठाए नगर प्रहरी (तस्बिरमा हेर्नुस् )

सोमबार, २१ जेठ २०८१, १२ : ०३
सोमबार, २१ जेठ २०८१

काठमाडौँ । काठमाडौँको न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भत्काएको सडक किनारा सडक विभागले बनाएर कालोपत्रे गर्न थालेको छ ।  महानगरले फुटपाथ फराकिलो बनाउन भन्दै भत्काएको इन्द्रचोकतर्फको सडक विभागले पुरेर कालोपत्रे गरेको हो । 

kalopatre-newroad-ktm-police (1)

महानगरले शनिबार उक्त सडक काटेका थिए । बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएका थिए । विभागले कालोपत्रे गर्न सुरु गरेपछि काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ ।  

kalopatre-newroad-ktm-police (2)

यही विषयलाई लिएर काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । उनले गिरीबन्धु टी स्टेट प्रकरणमा जेल जानुपर्ने चेतावनी दिएका छन् ।

kalopatre-newroad-ktm-police (3)kalopatre-newroad-ktm-police (5)kalopatre-newroad-ktm-police (7)kalopatre-newroad-ktm-police (9)kalopatre-newroad-ktm-police (10)kalopatre-newroad-ktm-police (12)kalopatre-newroad-ktm-police (13)kalopatre-newroad-ktm-police (14)kalopatre-newroad-ktm-police (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप