उत्तर कोरियाले दक्षिणमा बेलुनमा राखेर फोहोर पठाउन रोक्यो
सोमबार, २१ जेठ २०८१, १४ : ०१
प्योङयोङ । उत्तर कोरियाले दक्षिण कोरियामा फोहोर भरिएको बेलुन पठाउन बन्द गरेको छ ।
सीमावर्ती क्षेत्रमा फोहोरका सयौँ पोका पठाइसकेपछि सो कार्य बन्द गरिएको हो । ‘सीमापार फोहोरको थुप्रो पठाउने काम तत्काललाई रोकिने छ,’ उत्तर कोरियाका उपरक्षा मन्त्री किम काङ द्वितीयले भनेका छन् ।
बेलुनमा फोहोरको झोला राखेर उत्तरले दक्षिण कोरिया १५ टन फोहोर पठाएको एक विज्ञप्तिमा आइतबार उपरक्षामन्त्री किमले भनेका छन् ।
यसलाई उनले दक्षिण कोरियाले वर्षौँदेखि गरिरहेको कार्यलाई जस्ताको तस्तै फर्काइएको भनेर भनेका छन् । उत्तर कोरियाको यस कदमालाई दक्षिण कोरियाका अधिकारीहरूले असह्य व्यवहार भनेका छन् । उत्तर कोरियाले बेलुनमा लिफलेट, प्रयोग गरिएका ट्वाइलेट पेपरलगायत वस्तु जस्ता फोहोर पठाएको र त्यसमा ‘हानिकारक तत्वहरु’ नभेटिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण