इजरायली नागरिकलाई माल्दिभ्समा प्रवेशमा रोक
सोमबार, २१ जेठ २०८१, १४ : २७
माले । माल्दिभ्सले इजरायली पोसपोर्ट बाहकहरूको प्रवेशमा रोक लगाएको छ । गाजामा हमाससँग इजरायलको लडाई चलिरहँदा माल्दिभ्सले यो घोषणा गरेको हो । आइतबार यसबारे माल्दिभ्सको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति नै निकालेको थियो । इजरायली भिसाबाहकहरूलाई छिर्न नदिन मन्त्री परिषद्ले कानून परिवर्तन गर्ने निर्णय गरेको छ ।
यस प्रक्रियालाई हेर्न एउटा उपसमिति पन बनाइने भएको छ । मन्त्री परिषद्को कार्यालयको सिफारिस पछि राष्ट्रपति मोहम्मद मुइज्जुले सो कदम चालेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर बाहिरिएपछि इजरायलको विदेश मामिला मन्त्रालयले इजरायली नागरिकहरूलाई माल्दिभ्सको भ्रमण नगर्न भनेको छ भने त्यहाँ बसिरहेकाहरूलाई पनि छिटै निस्कन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण