अफगानिस्तानविरुद्ध युगान्डाले पहिले फिल्डिङ गर्ने
गुयाना । आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानले मंगलबार बिहान युगान्डाको सामना गर्दैछ । खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६ बजेर १५ मिनेटबाट सुरु हुनेछ ।
खेलमा युगान्डाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।
समूह ‘सी’ मा वेस्ट इन्डिज र न्युजिल्याण्ड सुपर–८ पुग्ने दाबेदार मानिन्छन् । यस्तो अवस्थामा अफगानिस्तानले साना टोलीविरुद्ध जित दर्ता गर्न मात्र नभई आफ्नो नेट रन रेट कायम राख्न ठुलो जित हासिल गर्ने प्रयास गर्नेछ।
यता पहिलो पटक विश्वकप खेलिरहेको युगान्डा पनि विपक्षी अप्ठ्यारोमा पार्न चाहेको छ । टोली अफ्रिका क्वालिफायरमार्फत विश्वकपमा पुगेको हो । टोलीले जिम्बावेलाई पाँच विकेटले पराजित गरेको थियो। पूर्ण-समय सदस्यविरुद्ध टोलीको यो पहिलो जित थियो । यसले उनीहरूको अपेक्षा बढाएको छ।
पछिल्लो १२ महिनामा टी–२० को ट्र्याक रेकर्ड हेर्दा अफगानिस्तानले १७ खेल खेलेको छ । जसमध्ये ७ मा जित, ८ मा हार, १ मा बराबरी र १ खेलमा नतिजा आएन ।
उता युगान्डाले ३७ खेल खेलेको छ जसमध्ये ३२ मा जित र ५ मा हार बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण