शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

हुरीबतासले भत्कायो जसपा नेपालको मञ्च, नयाँ बनाउन कलकत्ताबाट मगाइयो कालिगड

मङ्गलबार, २२ जेठ २०८१, १६ : ५३
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनका लागि बनाइरहेको पण्डाल (मञ्च) भत्केको छ ।  

जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको एकता महाधिवेशनका लागि जनकपुरको तिरहुतिया गाछीमा निर्माण भइरहेको मञ्च सोमवार राती आएको हावाहुरीले भत्काएको हो । सो पण्डाल विगत २० दिनदेखि बनाउन थालिएकामा हुरीबतासले भत्काएको जसपा नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले बताए ।

‘लगभग तयार भइसकेको थियो, सोमवार राती अचानक आएको हुरीबतासले भत्काएको छ’, उनले भने ।  अब बाँसका साथै स्टिल राखेर पण्डाल (मञ्च) बनाउने र त्यसका लागि भारतको कलकत्ताबाट दुई सय कालिगड आएको उनले बताए ।

अब महाधिवेशन हुन चार दिन मात्र बाँकी रहेको र त्यस अगावै पण्डाल निर्माण सक्न भारतबाट कालिगढ मगाएको उनको भनाइ छ । 

भारत–नेपालको संयुक्त कम्पनीले सो पण्डाल बनाइरहेको थियो । सोही कम्पनीले पुनः कालिगढ थपेर पण्डाल बनाउन सुरु गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?