सबै सरकारी निकायमा स्वदेशी वस्तु उपयोग गर्ने कार्ययोजना चाँडै ल्याउँछौँ : उद्योगमन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले सबै सरकारी निकायमा स्वदेशी वस्तुहरूको उपयोग गर्ने कार्य योजनालाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नीति संवाद कार्यक्रममा बोल्दै उनले मन्त्रालयले सबै सरकारी निकायमा स्वदेशी वस्तुहरूको उत्पादन उपयोगका लागि कार्यनीति बनाउने कामलाई अन्तिम चरणमा पुर्याएको उल्लेख गर्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयनमा ल्याउने बताएका हुन् ।
मन्त्री भण्डारीले सरकारले स्वदेशी वस्तुको उपयोगमा प्रोत्साहित गर्नका लागि सरकारी कर्मचारीहरूका लागि स्वदेशी वस्तु प्रयोग गरेका १५ प्रतिशत बढी पोसाक भत्ता दिने व्यवस्था गरेको पनि स्मरण गराए । उनले सरकारले स्वदेशी बस्तुको उपयोगका लागि राष्ट्रिय अभियाननै सञ्चालन गर्ने पनि बताए ।
मन्त्री भण्डारीले सबै तहको सरकारले स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्ने आवश्यकता पनि आंैल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण