भारतीय दूतावासले मनायो वातावरण दिवस
काठमाडौँ । विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको चारधाम मन्दिर परिसर नजिकै वृक्षारोपण कार्यक्रम गरी सो दिवस मनाएको दूतावासद्वारा जारी विज्ञप्ति उल्लेख छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले वातावरणको संरक्षण र जगेर्नामा साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।
वन मन्त्री र ललितपुर महानगरपालिकाका मेयर महर्जनले भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको आवश्यकतामा जोड दिए ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा सहभागीहरूले १५० वटा वृक्षहरू रोपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण