कराँतेमा रायडेनलाई स्वर्ण
बुधबार, २३ जेठ २०८१, १३ : ५८
काठमाडौँ । बोस्टन ओपन कराँते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले ५ वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन् ।
अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कांस्य जिते । उनले १५–१६ वर्ष उमेर समूहको एडभान्स कुमुतेमा सफलता पाए ।
प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट ४ खेलाडीले सहभागिता जनाएका थिए । १०–११ वर्षको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाएका थिए ।
टोलीको प्रशिक्षकमा बंगलादेशको ढाकामा भएको ११ औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापा मगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण