इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै सङ्कल्प
इटहरी । इटहरी उपमहानगरपालिकाको शिक्षा सुधार गर्ने मेयर हेमकर्ण पौडेलको अभियानमा इटहरीका सम्पूर्ण सामुदायिक विद्यालयले साथ दिएको छन् । इटहरीका ३६ विद्यालय व्यवस्थापन समिति र अभिभावक संघहरुले ३० बुँदे साझा सङ्कल्प पत्र सार्वजनिक गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन् ।
आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने, अग्रेजी माध्यमलाई पनि प्राथमिकताका साथ पढाउने, कक्षा ९ देखि माथि पढ्दै कमाउँदै कार्यक्रमलाई प्राथमिकता दिने, अभिभावक र समुदायलाई जोड्न घर दैलो कार्यक्रम गर्ने जस्ता कार्यक्रम साझा संकल्पको रूपमा अघि सारेका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा लाग्दै इटहरी सरकारले निकालेको सङ्कल्प पत्रलाई पालना गर्दै सार्वजनिक शिक्षा सुधारको देशमै नमुना नगर बनाउने अभियानमा लाग्ने सङ्कल्प पत्रमा भनिएको छ ।
शिक्षा सुधारको लागि विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै लैजाने सङ्कल्प पत्रमा उल्लेख गरिएको छ ।
शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौँ कार्यमा करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक हुने गरेको भन्दै इटहरीमा सबै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर बढाउँदै लैजाने भनिएको छ ।
मानव समुदायलाई आधुनिकता सँगसँगै उन्नति र प्रगतितर्फ बढ्न शिक्षाले उत्प्रेरणा दिने भन्दै इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षा सुधार अभियान तीव्र रूपमा अगाडि बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण