९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
बिहीबार, २४ जेठ २०८१, ११ : ४४
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले ९८ हजार ६ सय २९ मेट्रिक टन रासायनिक मल मौज्दात रहको जनाएको हो ।
हाल मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिटेडसँग ६६ हजार ५६९ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेटसँग ३२ हजार ६० मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, यूरिया ७१ हजार १३७ मेट्रिक टन, डीएपी १६ हजार २१५ र पोटास ११ हजार २७७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।
मन्त्रालयले रोपाइँको समयमा रासायनिक मलको अभाव नहुने दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण