९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
बिहीबार, २४ जेठ २०८१, ११ : ४४

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले ९८ हजार ६ सय २९ मेट्रिक टन रासायनिक मल मौज्दात रहको जनाएको हो ।
हाल मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिटेडसँग ६६ हजार ५६९ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेटसँग ३२ हजार ६० मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, यूरिया ७१ हजार १३७ मेट्रिक टन, डीएपी १६ हजार २१५ र पोटास ११ हजार २७७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।
मन्त्रालयले रोपाइँको समयमा रासायनिक मलको अभाव नहुने दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या