२६ घण्टासम्म चल्याे विश्वको सबैभन्दा लामो फुटबल म्याच, ८२५ गोलको वर्षा
मस्को । हालै रुसको मस्को बाहिर क्षेत्रमा रहेको लजिन्की ओलम्पिक स्पोर्ट्स कम्प्लेक्सस्थित फुटबल ग्राउन्डमा विश्वको सबैभन्दा लामो फुटबल खेल भयो । यो खेल २६ घण्टासम्म चलेको थियो ।
गएको शनिवार ‘अल रसियन फुटबल डे’ को उत्सव मनाउन ७ खेलाडीसहितका २ टोली अहिलेसम्मकै सबैभन्दा लामो खेलको रेकर्ड तोड्न लजिन्की ओलम्पिक स्पोर्ट्स कम्प्लेक्समा भेला भए ।
खेल शनिवार मध्याह्न सुरु भएर २६ घण्टापछि आइतबार दिउँसो २ बजे सकिएको थियो । यसअघि सबैभन्दा लामो फुटबल म्याचको रेकर्ड सन् २०१४ मा बनेको थियो ।
त्यतिबेला दुई ओटा टोलीले लगातार २४ घण्टासम्म खेलेका थिए । यस पटकको खेलमा कूल ८ सय २५ गोल भएका थिए । खेलमा रेड टिमले ४१६ गोल गर्दा हवाइट टिमले ४०९ गोल गर्यो ।
खेल ७ विरुद्ध ७ को ढाँचामा खेलिएकोले यसलाई औपचारिक रूपमा फुटबल खेल मानिएन । यो रेकर्ड गिनिज रेकर्डमा पनि लेखिने छैन ।
तर रसियन बुक अफ रेकर्डमा भने यो खेलले आफ्नो रेकर्ड बनाएको छ । २६ घण्टाको अवधिमा खेलाडीहरूले लगातार २ घण्टासम्म खेलेर त्यसपछि ८ मिनेटसम्म ट्वाइलेट जानका लागि ब्रेक लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण