सङ्खुवासभाबाट खैरो हेरोइनसहित भारतीय पक्राउ
बिहीबार, २४ जेठ २०८१, १६ : ३६
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ बाट एक जना भारतीय नागरिक अवैध लागु औषध खैरो हेरोइनसहित बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार घर भएका ३० वर्षीय एमडी साहेवजान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार प्रहरीले विशेष सूचनाका आधारमा साहेवजानलाई टुँडिखेल बसपार्क क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो । ‘केही समयदेखि उनले लागु औषधको कारोबार गरिरहेको गोप्य सूचना आएको थियो । त्यसैको आधारमा हामीले निरन्तर निगरानीपछि उनलाई पक्राउ गर्न सफल भयौँ,’ लामिछानेले भने ।
उनको साथबाट २.८ ग्राम खैरो हेरोइन र नगद २० हजार रुपैयाँ बरामद गरिएको प्रहरीको भनाई छ । उनीमाथि लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण