हेराल्ड बास्केटबल प्रतियोगिता भोलिदेखि, ९७ टिमले प्रतिस्पर्धा गर्ने
शुक्रबार, २५ जेठ २०८१, १८ : ४७
काठमाडौँ । ‘हेराल्ड एसईई कप थ्री अन थ्री बास्केटबल प्रतियोगिता’ भोलि (शनिबार) देखि सुरु हुने भएको छ ।
हेराल्ड इन्टरनेशनल कलेजको आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा ९७ टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा हेराल्डका अध्यक्ष कपिल ज्ञवालीले ब्वाइजमा ६४ तथा गल्र्समा ३३ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बताए ।
प्रतियोगितामा दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । सहभागी सबै खेलाडीले छात्रवृत्ति भने पाउनेछन् । विजेताले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र बाँकीले ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ ।
दुई दिनसम्म चल्ने उक्त प्रतियोगिता हेराल्डको धापासीस्थित आफ्नै कोर्टमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण