हेराल्ड बास्केटबल प्रतियोगिता भोलिदेखि, ९७ टिमले प्रतिस्पर्धा गर्ने
शुक्रबार, २५ जेठ २०८१, १८ : ४७

काठमाडौँ । ‘हेराल्ड एसईई कप थ्री अन थ्री बास्केटबल प्रतियोगिता’ भोलि (शनिबार) देखि सुरु हुने भएको छ ।
हेराल्ड इन्टरनेशनल कलेजको आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा ९७ टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा हेराल्डका अध्यक्ष कपिल ज्ञवालीले ब्वाइजमा ६४ तथा गल्र्समा ३३ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बताए ।
प्रतियोगितामा दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । सहभागी सबै खेलाडीले छात्रवृत्ति भने पाउनेछन् । विजेताले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र बाँकीले ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ ।
दुई दिनसम्म चल्ने उक्त प्रतियोगिता हेराल्डको धापासीस्थित आफ्नै कोर्टमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान