तिनाउ खोलामा नुहाउन गएका भारतीय युवकको डुबेर मृत्यु
शनिबार, २६ जेठ २०८१, १९ : ०२

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार एक युवकको ज्यान गएको छ । अन्य दुई जना साथीहरूसँगै खोलामा नुहाउन गएका ती युवक डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको कानपुर जिल्लाका ३५ वर्षीय फहिम अहमद रहेका छन् ।
दिउँसो करिब १२ बजे खोलामा गएका अहमद पानीमा डुबेपछि उनीसँगै गएका दुई जना साथीहरूले उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने ऊर्जामन्त्रीको विश्वास
-
टिकेन सेयर बजारको उत्साह, फाइनान्स समूह भने बढेको बढ्यै
-
वनबाट वार्षिक ४० अर्बको राजस्व सङ्कलन, १२ अर्ब रुपैयाँ बराबरको रोजगारी सिर्जना हुने
-
भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा
-
तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा