नेपाल बैंकको नेराक संगठनमा श्रेष्ठ निर्विरोध
विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंक लिमिटेड कोशी प्रदेश समितिको अधिवेशनबाट शिव श्रेष्ठ पुनः निर्वाचित भएका छन् । अधिवेशनबाट १५ सदस्यीय कार्यसमिति पनि चयन भएको छ । जसमा उपाध्यक्ष प्रमोद राजवंशी, सचिव सचिन नेपाल, सह–सचिव निरज भुजेल, कोषाध्यक्ष देवेन्द्रकुमार दीपक निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा दीपेन पिठाकोटे, समीक्षा घिमिरे, विनीता खतिवडा, रचना दाहाल, कमल गिरी, पङ्कजकुमार राजवंशी, सन्तोष सुब्बा, अस्मिता शाक्यलगायत निर्वाचित भएका छन् ।
अधिवेशनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का कोशी प्रदेश समिति अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), माओवादी कोशी प्रदेश समिति उपाध्यक्ष कर्मचारी फ्याक्सन इन्चार्ज विजय साम्पाङ, संगठनका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद सुवेदी तथा महासचिव मोहन श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संगठन महांसघका केन्द्रीय सचिवालय सदस्य रेवती ढुङ्गाना, प्रदेश अध्यक्ष गीता आचार्य र सचिव बालकृष्ण दङ्गालको उपस्थिति थियो । सोही अधिवेशनबाट झापा, मोरङ तथा सुनसरी जिल्ला कमिटी पनि गठन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण