राजस्व अभिवृद्धि र चुहावट रोक्न विराटनगरमा गोष्ठी
विराटनगर । नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी २०८१ कार्यक्रम सुरु भएको छ । विराटनगरमा १० स्थित बिग होटलको सभाहलमा आज बिहानबाट उक्त गोष्ठी सुरु भएको हो ।
सो कार्यक्रमको अध्यक्षता गृह सचिव एक नारायण अर्यालले गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने रहेको छन् ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी, अर्थ मन्त्रालयका (राजश्व) सचिव डा राम प्रसाद घिमिरे, भन्सार विभाग महानिर्देशक ढुण्डी प्रसाद निरौला, नेपाली सेनाका रथी अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह सचिव नारायण प्रसाद भट्टराई, सुरक्षा निकायका प्रदेश प्रमुखहरू, झापा,सुनसरी ,मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका जिल्ला प्रमुखहरू, भन्सार कार्यालयका प्रमुखहरू, राजस्व कार्यालय इटहरीका प्रमुख लगायत करिब ५० जनाको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण