त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छलिको सुनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ३१ वर्षीय सरोज कोइराला, रौतहट घर भएका २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी घर भएका २१ वर्षीय मोहम्मद अरमान र ३७ वर्षीय ज्याउदिन मिंया छन् ।
उनीहरू फरक समूहका हुन् । सरोज कोइराला र मोहम्मद इन्तेयाज आलमको साथबाट ६९ ग्राम ९९ मिलिग्राम तथा मोहम्मद अरमान र ज्याउदिन मिंयाको साथबाट ५० ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले रातोपाटीलाई बताए ।
कतार एयरको उडानबाट काठमाडौँ आएका कोइरालाले भन्सार छलेर ल्याएको सुन आलमलाई दिने क्रममा पक्राउ परेका हुन् । दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छलेको सुन अरमानलाई दिने क्रममा पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
ट्रान्सफर्मर चोरी भएपछि सयौँ परिवार खानेपानीबाट वञ्चित
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान