त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छलिको सुनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ३१ वर्षीय सरोज कोइराला, रौतहट घर भएका २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी घर भएका २१ वर्षीय मोहम्मद अरमान र ३७ वर्षीय ज्याउदिन मिंया छन् ।
उनीहरू फरक समूहका हुन् । सरोज कोइराला र मोहम्मद इन्तेयाज आलमको साथबाट ६९ ग्राम ९९ मिलिग्राम तथा मोहम्मद अरमान र ज्याउदिन मिंयाको साथबाट ५० ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले रातोपाटीलाई बताए ।
कतार एयरको उडानबाट काठमाडौँ आएका कोइरालाले भन्सार छलेर ल्याएको सुन आलमलाई दिने क्रममा पक्राउ परेका हुन् । दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छलेको सुन अरमानलाई दिने क्रममा पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण