सुन तस्करीमा कनेक्सन देखिएका ‘पेवल नेपाल’ र ‘सजिलो पे’का कर्मचारीलाई ६ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सुन तस्करीमा कनेक्सन देखिएका दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल’ र ‘सजिलो पे’ का ६ कर्मचारीलाई ६ दिन थुनामा राख्न अनुमति दिएको छ । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीमा भुक्तानी दिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
शुक्रबार यी दुई कम्पनीका ६ कर्मचारीलाई पक्राउ परेका थिए । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनाई नियन्त्रणमा लिइएको थियो ।
पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा थिए । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् भने अन्य न्यायिक हिरासतमा जाने छन् ।
उनीहरुविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतबाट १० दिनको समय माग गरिएको थियो । तर अदालतले पहिलो पटकका लागि ६ दिनको म्याद दिएको हो । सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा उनीहरूलाई पक्राउ गरेको हो । अवैध सुन तस्करीको खरिद बिक्री कसरी भएको छ र त्यसको भुक्तिनी कसरी हुन्छ भन्नेबारे अनुसन्धान गर्दा यी दुई भुक्तानी सेवा प्रदाय जोडिएको देखिएपछि सीआईबीले पक्राउ गरेको थियो ।
सुनको अवैध कारोबारका साथै क्रिप्टो र हुण्डी कारोबारमा समेत यी दुई कम्पनी जोडिएको दाबी सीआईबीको आशंका छ । अवैध कारोबारमा जोडिएपछि सीआईबीले केही दिनअघि मात्रै नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै ‘पेवल नेपाल’ र ‘सजिलो पे’ लाई रोक्का गर्न आग्रह गरेको थियो ।
सीआईबीको पत्रपछि नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै २१ जेठमा यी दुई भुक्तानी कम्पनीको बैंक खाता रोक्का गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण