सुन तस्करीमा कनेक्सन देखिएका ‘पेवल नेपाल’ र ‘सजिलो पे’का कर्मचारीलाई ६ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सुन तस्करीमा कनेक्सन देखिएका दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल’ र ‘सजिलो पे’ का ६ कर्मचारीलाई ६ दिन थुनामा राख्न अनुमति दिएको छ । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीमा भुक्तानी दिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
शुक्रबार यी दुई कम्पनीका ६ कर्मचारीलाई पक्राउ परेका थिए । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनाई नियन्त्रणमा लिइएको थियो ।
पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा थिए । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् भने अन्य न्यायिक हिरासतमा जाने छन् ।
उनीहरुविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतबाट १० दिनको समय माग गरिएको थियो । तर अदालतले पहिलो पटकका लागि ६ दिनको म्याद दिएको हो । सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा उनीहरूलाई पक्राउ गरेको हो । अवैध सुन तस्करीको खरिद बिक्री कसरी भएको छ र त्यसको भुक्तिनी कसरी हुन्छ भन्नेबारे अनुसन्धान गर्दा यी दुई भुक्तानी सेवा प्रदाय जोडिएको देखिएपछि सीआईबीले पक्राउ गरेको थियो ।
सुनको अवैध कारोबारका साथै क्रिप्टो र हुण्डी कारोबारमा समेत यी दुई कम्पनी जोडिएको दाबी सीआईबीको आशंका छ । अवैध कारोबारमा जोडिएपछि सीआईबीले केही दिनअघि मात्रै नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै ‘पेवल नेपाल’ र ‘सजिलो पे’ लाई रोक्का गर्न आग्रह गरेको थियो ।
सीआईबीको पत्रपछि नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै २१ जेठमा यी दुई भुक्तानी कम्पनीको बैंक खाता रोक्का गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो