विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । उनको विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ ।
संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । यद्यपि उनले बहुमत जुटाउन नसक्ने विपक्षीको दाबी छ ।
६० सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
पाण्डेसँग हाल कांग्रेसका २७ सांसद मात्र छन् । राप्रपा मत दिन सकारात्मक देखिएको छ ।
त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि काठमाडौँबाट पोखरा आइसकेका छन् । उनले बहुमत पुग्ने सुनिश्चितता भए विश्वासको मत दिने बताए ।
`अरू ३० सिट पुगे म मत दिन्छु,´ उनले भने । ३१ सिट पुर्याउन बाँकी हुने १ सिट पाण्डे विपक्षी गठबन्धनबाटै चोर्नुपर्छ । धेरैले नेसपा नेता तथा माओवादीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्न सक्ने आशङ्का गरेका छन् ।
तर माओवादी चाहिँ फ्लोर क्रस नहुने दाबी गर्छ । त्यसो त देवकोटा आइतबार भएको संसदीय दलको बैठकमा पन सहभागी थिए ।`उहाँ बैठकमा आउनुभयो । आफ्ना कुरा राख्नुभयो,´माओवादी प्रमुख सचेतक कुसुम बुढाले भनिन्, `शङ्का गर्नुपर्ने ठाउँ छैन ।´
पाण्डेले विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), प्रतिपक्षी माओवादी, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङसँग आग्रह गरेका छन् । उनले आइतबार पत्र लेखेर मत दिन आग्रह गरेका हुन् । पाण्डेले बहुमत नपाए उपधारा (५) अनुसार सरकार बन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण