एमाले अर्घाखाँचीमा पीताम्बर भुसाल निर्वाचित
बुटवल । नेकपा एमाले अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनबाट पीताम्बर भुसाल सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन्। निवर्तमान अध्यक्षसमेत रहेका भुसाल आगामी तीन वर्षे कार्यकालका लागि पनि सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका हुन्।
त्यस्तै सचिवमा पनि निवर्तमान सचिव तोजबहादुर रायमाझी पुनः निर्विरोध निर्वाचित भएको एमाले जिल्ला प्रचार विभाग प्रमुख शोभाखर पन्थीले जानकारी दिए।
८७ सदस्यीय जिल्ला कार्यसमितिमा उपाध्यक्ष र उपसचिव लगायत सदस्य पदहरूमा भने एक जना भन्दा बढीको उम्मेदवारी परेपछि मतदान गरिएको थियो ।उपाध्यक्षमा शम्भु पोखरेल निर्वाचित भएका छन् । उनले प्रेम नारायण गैरेलाई पराजित गरे।
खुल्ला उपसचिवमा खगेशवर पन्थी निर्वाचित भएकी छन् उनले श्रीकृष्ण भुसाललाई पराजित गइन् । यस्तै महिला उपसचिवमा शिवकला विक निर्वाचित भएकी छन्। उनले गीता भाट क्षेत्रीलाई पराजित गरेकी छन् ।
अधिवेशनमा भूगोल तथा विशेष इलाकाको ६५ शाखा, २१ वटा जनसङ्गठन र आयोजक कमिटीबाट गरी ५ सय ६२ जना प्रतिनिधि सहभागी थिए। अधिवेशनको एमालेका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सन्धि खर्कमा उद्घाटन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण