प्याजको पात हालेर कफी बनाएपछि...
बेइजिङ । प्याजको हरियो पात तरकारी अनि अचारमा त निकै सुहाउँछ । तर कफी अनि प्याजको हरियो पताको तालमेल कस्तो होला ? एक पटक सोच्नुस् त ।
हालैका दिनमा चीनमा प्याजको पात हालेर तयार पारिएको लाट्टे भाइरल भइरहेको छ । टिकटक वा इन्ष्टाग्राममा ह्याशट्याग स्प्रिङ्गअनियनलाट्टे भनेर खोज्ने हो भने लाट्टेको कपभरि प्याजको पत्तासहितका दर्जनौँ भिडियो र फोटोहरू देख्न पाइनेछ । प्याजको केही त्यान्द्रा हरियो पातलाई कुटकाट गरेर कपमा हालेर त्यसमाथि बरफ, दूध र कफी मिलाएर माथिबाट फेरि मसिनो गरेर काटिएको पातकै टपिङ गरिएको छ ।
यो कफी कहिले, कहाँ र कसरी बनायो भनेर कसैलाई थाहा छैन । तर पछिल्लो समय चिनियाँ सामाजिक सञ्जालहरूमा ‘डार्क कुजिन’ भन्दै यस्तै यस्तै खालका विचित्रका ‘कम्बिनेशन’ भएका खानेकुराहरू आइरहेका छन् । केही समय अघि खुर्सानी हालेर बनाइएको हट आइस लाट्टे पनि चीनमा भाइरल बनेको थियो ।
स्प्रिङ अनिअन लाट्टेप्रति सामाजिक सञ्जालहरूमा मिश्रित प्रतिक्रिया आइरहेको छ । कुनै दिन प्याज नहालेको कफी देऊ भनेर माग्नु पर्ला भनेर आफूहरूले कहिले नसोचेको केहीले बताएका छन् ।
केही भने नयाँ खालको लाट्टे कस्तो होला भनेर रुचि देखाएपनि त्यसलाई खाएपछि आफ्नो सास गन्हाउँछ भनेर चिन्तित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण