नेपालको महिला क्रिकेट टोली विश्व विजेता बन्ने क्षमता राख्छ : निर्वाण चौधरी
काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले क्रिकेट खेलाडीले सिङ्गो देशलाई गौरवान्वित बनाइरहेको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)सँग एक सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा चौधरीले क्रिकेटबाट देशले नै गौरवान्वित महसुस गरिरहेको बताएका हुन् ।
चौधरी ग्रुपले विगत दुई दशकदेखि नेपालको १९ वर्षमुनिको क्रिकेट टोलीलाई वाईवाईमार्फत प्रायोजन गर्दै आइरहेको छ । यस क्रममा विगतमा खेलाडीका रुपमा र अहिले क्यानको सचिवका रुपमा पारस खड्कासँग निरन्तर सहकार्य भइरहेको समेत चौधरीको भनाई छ ।
सो सम्झौतासँगै विगतमा ‘मेन्स अन्डर–१९ टिम’ लाई मात्रै प्रायोजन गरिरहेको चौधरी समूहको वाईवाईले अबदेखि भने अन्डर–१९ महिला टोलीलाई समेत प्रायोजन गर्नेछ । कार्यक्रममा बोल्दै चौधरीले भने, ‘नेपाली महिला टोली समेत विश्व विजेता बन्ने क्षमता राख्छ ।’
सम्झौतापछि वाईवाईले महिला अन्डर–१९ टोलीलाई प्रतिवर्ष ३० लाख रुपैयाँ दिनेछ । यस्तै थप ३० लाख रुपैयाँ क्यानले अन्य क्रिकेट गतिविधिका लागि प्रयोग गर्न पाउने सम्झौतामा उल्लेख छ । वाईवाईले क्यानसँग कूल ६० लाख रुपैयाँ प्रायोजनको सम्झौता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण