कोशी प्रदेश
पहिचानवादीसँग वार्ताका लागि आर्थिक मन्त्रीको संयोजकत्वमा समिति गठन
सोमबार, २८ जेठ २०८१, १८ : ४७
विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले पहिचानवादीहरूसँग वार्ता गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा सोमबार बसेको बैठकले मगरको संयोजकत्वमा भौतिक पूर्वाधार विकास मन्त्री गणेशप्रसाद उप्रेती, आन्तरिक मामिला तथा योजना मन्त्री लिलाबल्लभ अधिकारी सदस्य तथा सदस्य सचिवमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल रहेका छन् ।
यस्तै सरकारले कोशी प्रदेश योजना आयोगको सदस्यहरूमा ४ जनालाई नियुक्त गरेको छ । जसमा काठमाडाैँका डाक्टर सीताराम बस्नेत, सोलुखुम्बुका किशोर कुमार राई, धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपाने छन् ।
यसअघि नै प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारीलाई नियुक्त गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण