पाकिस्तानी प्रधानमन्त्रीले दिए भारतीय प्रधानमन्त्रीलाई बधाई
सोमबार, २८ जेठ २०८१, २१ : ०८
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत् विजयको लागि बधाई तथा नयाँ कार्यकाल सफलताको लागि शुभकामना दिएका हुन् ।
नरेन्द्र मोदी र उनको मन्त्रीमण्डलका सदस्यले आइतबार नै शपथ लिएका थिए ।
राष्ट्रपति भवनमा भएको शपथ ग्रहण समारोहमा भारतको छिमेकी र हिन्द महासागर क्षेत्रका नेताहरू उपस्थित भएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको प्रधानमन्त्रीको रूपमा फेब्रुअरीमा दोस्रो पटक शपथ लिएपछि शाहबाज सरिफलाई बधाई दिएका थिए भने शाहबाजले बधाईका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए ।
शाहबाज सरिफ पाकिस्तानको २४ औँ प्रधानमन्त्री हुन् । -(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण