अभिनेत्री दिगांगनामाथि अक्षयकुमारको ६ करोड ठगेको आरोप
नयाँ दिल्ली । ७० की दशककी चर्चित अभिनेत्री जिनत अमान ७२ वर्षको उमेरमा अभिनयको दुनियाँमा पुनरागमन गर्दैछिन् । अमान वेब सिरिज ‘शो स्टपर’ बाट स्क्रिनमा फर्किन थालेकी छिन् । तर यो सिरिज रिलिज हुनु अघि नै विवादले घेरिएको छ ।
यो शो मा काम गरिरहेकी चर्चित टिभी अभिनेत्री दिगांगना सूर्यवंशीमाथि वेब सिरिजका निर्देशक मनिष हरिशंकरले ऊजुरी दायर गरेका छन् । उनीमाथि धोखा दिएको आरोप लगाइएको छ ।
मनिषले अभिनेत्री विरुद्ध आईपीसीको दफा ४२० र दफा ४०६ अन्तर्गत धोकाधडी र अपराधिक विश्वासघातको आरोप लगाएर प्रहरीमा ऊजुरी गरेका छन् । ऊजुरीका अनुसार अभिनेत्रीले अक्षयकुमार र उनको कम्पनी शोस्टपरको प्रेजेन्टर हुने झुठो दाबी गरेकी छिन् ।
अभिनेत्रीले अक्षयको नाममा ६ करोड भारु माग पनि गरेको बताइएको छ । एमएच फिल्म्सले अभिनेता राकेश बेदी र दिगांगनाका फेशन डिजाइनर कृष्ण परमारलाई पनि मानहानीको नोटिस पठाएको छ ।
यी दुईले पनि सञ्चार माध्यमसामु शोबारे गलत अभिव्यक्ति दिएको र यसका कारण प्रोजेक्टको प्रतिष्ठामा ठेस लागेको बताइएको छ । शो स्टपर ब्रा फिटिङको मुद्दामा आधारित छ । आफ्नो पूरै जीवनमा गलत साइजको ब्रा लगाएकै कारण विश्वभरका करब ८० प्रतिशत महिलाले गम्भीर स्वास्थ्य समस्या झेलिरहेका छन् ।
यो ईस्यूलाई शोमा लभ स्टोरीमार्फत देखाउन खोजिएको छ । शोमा जिनत अमान, किरण कुमार, जरिना वहाब, श्वेता तिवारी र सौरभराज जैन पनि मुख्य भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण