चिनियाँ पार्कमा चार अमेरिकीमाथि चक्कु प्रहार
बेइजिङ । चीनको एउटा पार्कमा अमेरिकी नागरिकहरूमाथि चक्कु प्रहार भएको छ । उत्तर पूर्वी चीनको चिलिन प्रान्तस्थित एक पार्कमा सोमबार सो हमला भएको बताइएको छ ।
हमलामा पर्ने चारै जना अमेरिकीहरू आईओवा विश्वविद्यालयका शिक्षकहरू भएको अमेरिकी सञ्चार माध्यम र अमेरिकाको सरकारी अधिकारीहरूले बताएका छन् । पीडितमध्ये एक आफ्नो भाइ भएको आईओवाका प्रतिनिधि एडम जाब्नरले रोयटर्सलाई भनेका छन् । चिलिन सहरमा रहेको एक मन्दिरमा जाने क्रममा भाइ डेभिड जाब्नरमाथि आक्रमण भएको र हातमा चोट लागेको उनले बताएका छन् ।
घटनाको समयमा जाब्नरको समूह बेइशान पार्कमा रहेको एक मन्दिरमा गएका थिए । आक्रमणको उद्देश्य अज्ञात रहेको बताइएको छ । सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा भिडियो हालिएको थियो ।
सो भिडियोमा रक्तमा लतपत भएका मानिसहरूको एक समूहमा चौरमा पल्टिरहेको देखिन्छ । तर चिनियाँ सामाजिक सञ्जालमा भने यस घटनासँग सम्बन्धित तस्बिरहरू भेटिएका छैनन् । पर्खालको भित्तामा लेखिएको चिनियाँ अक्षरहरू हेरेर रोयटर्सले घटना भएको ठाउँ पत्ता लगाएको थियो । यो भिडियो कहिले सुट भएको हो भन्ने चाहिँ रोयटर्सले पुष्टि गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण