यमनमा डुङ्गा पल्टिँदा ३८ जना आप्रवासीको मृत्यु
यमन । यमनको तट नजिक डुङ्गा पल्टिँदा कम्तीमा ३८ जना आप्रवासीको मृत्यु भएको छ । मृतकहरू सबै जना अफ्रिकाको सोमाली पेनिन्सुला (हर्न अफ अफ्रिका)का नागरिकहरू भएको स्थानीय अधिकारीहरूले बताएका छन् । डुङ्गामा करिब २५० जना सवार थिए । शक्तिशाली हुरीका कारण डुङ्गा डुबेको डुङ्गाबाट उद्धार गरिएका यात्रीहरूले बताएका छन् ।
यस घटनामा अझै पनि सय जना जति बेपत्ता रहेको र उनीहरूको खोजीकार्य जारी रहेको बताइएको छ । डुङ्गामा सवार सबै आप्रवासी रहेको र अधिकांश इजिप्टबाट आएका थिए । खाडीका देशहरूमा जान यिनीहरू यमनलाई ट्रान्जिटको रूपमा प्रयोग गर्थे । हुरीका कारण डुङ्गा किनारमा पुग्नु अगावे डुबेको अदानको पूर्वमा रहेको रुदुम जिल्लाका निर्देशक हादी अल–खुर्माले भनेका छन् । मछुवारा र स्थानीय बासिन्दाहरूले करिब ७८ जनालाई उद्धार गरेका थिए ।
आफूसँगै डुङ्गामा सवार करिब सय जना नभेटिएको उद्धार गरिएका व्यक्तिहरूले बताएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको र यस घटनाबारे संयुक्त राष्ट्र संघलाई पनि सूचित गरिएको खल–खुर्माले भने । गएको वर्ष हर्न अफ अफिकाबाट करिब ९७ हजार आप्रवासी यमन आइपुगेको युएनले बताएको छ । यमनमा युद्ध र लाल सागरमा हुथी विद्रोहीहरूको आक्रमण जारी रहेको भएपनि यमन भएर खाडी जाने आप्रवासीको सङ्ख्या बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण