मन्त्री विराजभक्त श्रेष्ठ संसदमा नगएपछि सभामुखले हटाए कार्यसूची

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ प्रतिनिधि सभा बैठकमा अनुपस्थित भएपछि सभामुख देवराज घिमिरेले सो मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथिको छलफलको सूची हटाइका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा ४ वटा मन्त्रालय शिक्षा, श्रम, खेलकुद र कृषि मन्त्रालय अन्तर्गत विनियोजन बजेटमाथि छलफल भइरहेको छ ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सम्बन्धित मन्त्री बैठकमा नआएकोले छलफल स्थगित गर्न माग गरेका थिए ।
खतिवडाले भने, ‘सम्बन्धित मन्त्रीको व्यवस्था गरिएकोमा सम्बन्धित मन्त्रालयको मन्त्री उपस्थित भएको देखिन । त्यसैले बैठक स्थगित गरेर मन्त्री बोलाएर मात्र मात्र बैठक सम्पन्न गरियोस् । मेरो आग्रह छ, मन्त्रीबिना बैठक सम्पन्न हुन सक्दैन । संसदले उठाएका प्रश्नको जवाफ दिन मन्त्री उपस्थित हुनुहुन्न भने अरूले जवाफ दिएर हुँदैन ।’
त्यसपछि सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालय सम्बन्धी विनियोजन शीर्षक अन्तर्गतका छलफल मन्त्री उपस्थित नभएकोले सूचीबाट हटाइएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद बैठक : डा.खगेन्द्र सुवेदी सचिवमा बढुवा, प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्य अस्पतालबाट डिस्चार्ज
-
फिल्म र भिडियोमा सुर्तीजन्य पदार्थकाे प्रचार रोक्नुपर्नेमा जाेड
-
सन्दीपको शानदार बलिङ, नेपालसामु १ सय ५३ रनको लक्ष्य
-
प्रदर्शनकारीलाई एकीकृत हुन आह्वान गरी आफू रेष्टुरेन्टको सटर लगाएर लुकेका थिए धवल शमशेर
-
इरानी आक्रमणमा इजरायलको सबैभन्दा ठूलो तेल रिफाइनरीमा क्षति, धुवाँको मुस्लो देखियो