मन्त्री विराजभक्त श्रेष्ठ संसदमा नगएपछि सभामुखले हटाए कार्यसूची
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ प्रतिनिधि सभा बैठकमा अनुपस्थित भएपछि सभामुख देवराज घिमिरेले सो मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथिको छलफलको सूची हटाइका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा ४ वटा मन्त्रालय शिक्षा, श्रम, खेलकुद र कृषि मन्त्रालय अन्तर्गत विनियोजन बजेटमाथि छलफल भइरहेको छ ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सम्बन्धित मन्त्री बैठकमा नआएकोले छलफल स्थगित गर्न माग गरेका थिए ।
खतिवडाले भने, ‘सम्बन्धित मन्त्रीको व्यवस्था गरिएकोमा सम्बन्धित मन्त्रालयको मन्त्री उपस्थित भएको देखिन । त्यसैले बैठक स्थगित गरेर मन्त्री बोलाएर मात्र मात्र बैठक सम्पन्न गरियोस् । मेरो आग्रह छ, मन्त्रीबिना बैठक सम्पन्न हुन सक्दैन । संसदले उठाएका प्रश्नको जवाफ दिन मन्त्री उपस्थित हुनुहुन्न भने अरूले जवाफ दिएर हुँदैन ।’
त्यसपछि सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालय सम्बन्धी विनियोजन शीर्षक अन्तर्गतका छलफल मन्त्री उपस्थित नभएकोले सूचीबाट हटाइएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण