तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार
काठमाडौँ । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसकेका छन् । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उनीपछिको पुस्ताले धान्ला वा नधान्ला उनी यकिनसाथ भन्न सक्ने अवस्थामा छैनन् । तर तुलाधर भने जीवनलाई यही कलामा समर्पण गरिसकेका छन् ।
कलायात्राको २० वर्षे यात्रामा उनलाई यसपटक अपेक्षा नगरेको उपहार प्राप्त भयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा राखिएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृतिमध्ये सर्वाेत्कृष्ट ठहरिएको ‘२१ तारा’ले रु एक लाख पुरस्कार पायो । उक्त पुरस्कारलाई उनले बीस वर्षको मेहनतको उपलब्धि भएको प्रतिक्रिया दिए ।
प्रदर्शनीमा परम्परागत, आधुनिक, धर्म, संस्कृति, इतिहास, दैनिक जनजीवनसँग सम्बन्धित विभिन्न दृश्य चित्र राखिएका छन् । त्यसमध्ये उनको सिर्जना परम्परागत काष्ठमूर्तिकला ‘२१ तारा’ हो । त्यसमा नियमबद्ध र परम्परागत बुट्टाले कलालाई थप आकर्षक बनाएको छ ।
कलाकार तुलाधरले २० वटा तारा एउटै काठबाट बनाएका हुन् । एउटा काठमा कला भर्न सजिलो छैन । त्यसमाथि मसिना बुट्टाका साथै नियममा बाँधिएर कला बनाउनु झन् गाह्रो हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण